Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाको बागमती प्रदेश सभापतिमा लामिछाने विजयी

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश समिति सभापतिमा डा. अच्युतम लामिछाने निर्वाचित भएका छन् ।

आइतबार राति सम्पन्न निर्वाचनबाट उनी प्रतिस्पर्धी दिपक बिकले भन्दा ३१ मत बढी ल्याएर निर्वाचित भएका हुन् ।

कुल २७९ खसेको मत मध्ये लामिछानेले १५४ मत प्राप्त गरे भने बिकले १२३ मत प्राप्त गरेका थिए । २ मत बदर भएको थियो ।

यसैगरि प्रदेश समितिले रास्वपा मकवानपुरको संयोजकमा भरत पराजुली र सहसंयोजकमा प्रकाश गौतमलाई जिम्मेवारी दिएको छ ।

यसअघि गएको पुस १७ गते रास्वपा केन्द्रीय समितिले मकवानपुर सभापति राजकुमार न्यौपानेलाई प्रतिनिधिसभा निर्वाचनको समयमा पार्टी हितविपरीत कार्य गरेको भन्दै कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077