Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

वृद्धभत्ताको पैसा नदिँदा भतिजले गरे काकाको हत्या

महोत्तरी। बृद्धभत्ताको पैसा नदिएको झोकमा चक्कु प्रहार गरी एक वृद्धको हत्या भएको छ ।

महोत्तरी गाउँपालिका–३ मडै बस्ने ७० वर्षीय शिव महराको चक्कु प्रहार गरी हत्या भएको हो ।

वृद्धभत्ताको पैसा नदिएको विषयलाई लिएर उनकै भतिज ३० वर्षीय विजेन्द्र महराले तिघ्रामा चक्कु प्रहार गर्दा शिवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।महोत्तरी प्रहरी र ईला

का प्रहरी कार्यालय कटिकटैयाबाट खटिएको प्रहरीले हाल फरार घटनामा संलग्न विजेन्द्रको खोजी गरिररहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077