Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युद्ध सुरु भएको एक वर्ष पुग्नलाग्दा अचानक किभ किन पुगे अमेरिकी राष्ट्रपति बाइडेन ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अचानक युक्रेनको भ्रमण गरेका छन् । छिमेकी पोल्यान्डको भ्रमणका लागि गएका उनी सीमाबाट रेल चढेर किभ पुगेका हुन् ।

यसअघि ह्वाइट हाउसका अधिकारीहरुले पोल्यान्ड जाँदा बाइडेनले युक्रेन भ्रमण नगर्ने बताएका थिए । पोल्यान्डबाट युक्रेन पुगेका राष्ट्रपति बाइडेनले युक्रेनलाई अमेरिकी साथ निरन्तर रहने बताए । रुसले आक्रमण गरेपछि बाइडेन पहिलो पटक किभ पुगेका हुन्।

अमेरिकी राष्ट्रपतिको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ-‘मेरो किभ भ्रमणले युक्रेनको लोकतन्त्र, सम्प्रभुता र क्षेत्रीय अखण्डताका लागि हाम्रो निरन्तर र अटल प्रतिबद्वतालाई फेरि पुष्टि गर्दछ।’

उनले रुसमाथि आरोप लगाउँदै भने, ‘लगभग एक वर्षअगाडि पुटिनले हमला गर्दा सोचेका थिए कि युक्रेन कमजोर छ। युरोप विभाजित छ। उनले सोचेका थिए कि हामी थाक्ने छौं। तर उनी बिलकुल गलत सावित भए।’

जेलेन्स्कीले अमेरिका–युक्रेन इतिहासमै यो सबैभन्दा महत्वपूर्ण भ्रमण भएको दाबी गरे । बाइडेन ५० करोड डलरको सैन्य सहायता घोषणा पनि गरे ।

अमेरीकी राष्ट्रपति किभ पुगेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकी र अमेरीकी राष्ट्रपति बाइडेनले एक संयुक्त विज्ञप्ति समेत जारी गरेका छन् । विज्ञप्तिमा जेलेन्सकीले लोकतान्त्रिक विश्वमा यो ऐतिहासिक युद्ध जितेरै छाड्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077