Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इण्डिकेटरमा समस्या देखिएपछि विराटनगर उडेको सौर्यको विमान फिर्ता

काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इण्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको छ ।

एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेको थियो ।

तर, इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थल स्रोतले बतायो ।

जहाजमा के समस्या देखिएको हो भन्ने चाँहि खुलेको छैन । जहाज पार्किङ वेमै फिर्ता ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077