Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपेन्द्रको ‘नाङ्गो गाउँ’ मा साम्राज्ञी र कार्म

काठमाडौं। दीपेन्द्र लामाको निर्देशन रहने फिल्म ‘नाङ्गो गाउँ’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता कर्मा शाक्य भित्रिएका छन् ।

निर्माण टिमले साम्राज्ञी र कार्मसँग सोमबार कागजी सम्झौता गरेका हुन्। फिल्ममा यसअघि नै नायक दयाहाङ राई र नायिका मिरुना मगर फाइनल भैसकेका छन् ।

योसँगै निर्माणपक्षले कलाकारको लाइनअप पूरा गरेको छ । आलोक शुक्लाको छायाङ्कन रहने फिल्ममा शिशिर वाङ्देल, रविन्द्र झा, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

मनिुस्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायाङ्कन फागुनको अन्तिम साताबाट सुरु हुनेछ । काभ्रेमा छायाङ्कन हुने फिल्ममा हिमाल शर्माको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077