Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बागमती प्रदेश सभाको बैठक बुधबार बस्ने

मकवानपुर । बागमती प्रदेश सभा बैठक यही बुधबार बस्ने भएको छ।

संसदीय समितिको विषयमा दलहरूबीच सहमति हुन नसक्दा गत माघ २६ गतेबाट स्थगित भएको बागती प्रदेश सभाको बैठक बुधबार बस्ने भएको हो।

प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै प्रदेश सभा बैठक १० गते बुधबार दिउँसो २ः१० बजेका लागि आह्वान गरेको जानकारी दिएको हो।

प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काका अनुसार उक्त बैठकमा प्रदेश सरकारले जारी गरेको अध्यादेशहरूको प्रतिस्थापन विधेयकहरू पेस हुने सम्भावित कार्यसूची रहने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077