Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकासँगको आणविक सन्धि तोडेको रुसी राष्ट्रपति पुटिनको घोषणा

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँगको आणविक सन्धि तोडेको घोषणा गरेका छन् । युक्रेन युद्धको एक वर्ष पुगेको अवसरमा रुसी संघीय संसद्लाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले यस्तो घोषणा गरेका हुन् ।

उनले आफ्नो भाषणको अन्तिम मिनेटमा यस्तो महत्वपूर्ण घोषणा गरेका थिए । उनले आणविक हतियारसम्बन्धी अमेरिकासँगको नयाँ सन्धिलाई रुसले स्वीकार नगर्ने घोषणा गरे ।

पुटिनले पश्चिमा शक्तिहरूसँग पनि कुरा गर्न आफूहरुलाई कुनै समस्या नरहेको बताएका छन्।

‘हामी हाम्रोबीचमा संयुक्त सुरक्षा संरचना होस भन्ने चाहन्छौं। यसका लागि म आफैंले धेरै वर्ष प्रयास गरेँ तर अमेरिका र अन्य पश्चिमी शक्तिहरू समाधान चाहँदैनन्। हामीलाई सधैं बेवास्ता गरियो,’ सम्बोधनका क्रममा पुटिनले अमेरिकालाई प्रश्न पनि गरेका छन्, ‘विश्वका अन्य देशमा अमेरिका सरह सैन्य अखडा भएको विश्वको कुन देश होरु अनि यसपछि शान्तिको कुरा गर्दा सोच्नुपर्ने हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077