Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चितवन-२ मा रवि लामिछानेविरुद्ध उपचुनाव लड्ने जनमोर्चाको निर्णय

काठमाडौं । राष्ट्रिय जनमोर्चाले चितवन-२ मा हुने उपनिर्वाचनमा भाग लिने भएको छ ।

मंगलबार पार्टी अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको संसदीय बोर्डको बैठकले वैशाख १० गते उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो ।

सो निर्वाचन क्षेत्रबाट रास्वपाका रवि लामिछानेले चुनाव लड्ने तयारी गरेको सन्दर्भमा जनमोर्चाले उनीविरुद्ध उम्मेदवारी दिने तयारी गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ‘चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इसाईकरण तथा पश्चिमाहरूको स्वार्थपूर्तिका लागि नेपालमा खोलिएको “स्वतन्त्र” पार्टीको भूमिकालाई भण्डाफोर गर्नका लागि उपनिर्वाचनलाई सङ्घर्षको महत्वपूर्ण मञ्चको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।'

साथै राजमोले पछिल्लो अवस्थामा नेपालमा अमेरिकी साम्राज्यवादले आफ्नो भूमिका बढाउँदै लगिरहेको बताएको छ। नेपालको राष्ट्रियताका लागि भू राजनीतिक विशिष्टताका कारण भारतीय साम्राज्यवाद मुख्य खतराको रूपमा रहँदै गरेका बेला केही दशकदेखि पश्चिमा शक्तिहरू पनि तीव्र ढंगबाट नेपालमा आफ्ना अजेन्डाहरू स्थापित गरेर नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डता कमजोर पार्ने रणनीतिअन्तर्गत काम गरिरहेको राजमोले आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077