Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • आज फागुन ११ गते बिहिवार, यस्तो छ तपाईंको राशिफल

    आज फागुन ११ गते बिहिवार, यस्तो छ तपाईंको राशिफल

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 444
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज २०७९ साल फागुन ११ गते बिहिवारको राशिफल ।

    मेष



    आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर हरियो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।



    मिथुन

    आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

    सिंह

    आज गरेको कार्यमा अवरोध आउला । कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

    तुला

    नसोचेको ठाउँबाट धन हात पर्नसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ, तर मालसामान हराउन सक्छ ।

    धनु

    आफन्त तथा अग्रजहरू सँग विवाद बढ्नसक्छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढ्नसक्छ, तर प्रेमीको साथ पाइनेछ ।

    कुम्भ

    घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

    बृष

    अरूलाई प्रभावित पारेर काम बन्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । नयाँ कार्यको प्रारम्भ हुने र पुनर्मिलनको योग पनि रहेको छ ।

    कर्कट

    आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । मनोरञ्जन पनि होला ।

    कन्या

    आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

    बृश्चिक

    न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

    मकर

    आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

    मीन

    आज शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार