काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता सुरु भएको छ।
उक्त वार्तामा अध्यक्ष नेपाल अन्य शीर्ष नेताहरुलाई लिएर सहभागी भएका हुन्।
भेटमा राष्ट्रपति निर्वाचनको बारेमा छलफल हुने बताईएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए।
प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले निर्वाचनअघिको पाँच दलीय गठबन्धनलाई व्युत्याउने कसरत गरिरहेका छन्। फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि दाबी प्रस्तुत गरिरहेको समाजवादीको नेतृत्व र प्रधानमन्त्रीबीच वार्ता भएको हो।