Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानमन्त्रीसँगको वार्तापछि माधव नेपालले भने - विभिन्न विकल्पमा छलफल गरिरहेका छौँ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको आकांक्षी धेरै भएकाले कुनै एकको नाम लिन समस्या हुने बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीले विभिन्न विकल्पमा छलफल गरिरहेका छौँ । हामीसँग विभिन्न विकल्प छन् । त्यो मध्य देशलाई हित हुने विकल्प रोज्छौं ।’

नेपालले विभिन्न विकल्पमा छलफल भइरहेको तर निश्कर्षमा नपुगेको बताए । नेपालले उमेदवारको टुंगो लगाउन साँझ ४ बजे बैठक बस्न लागिएको जानकारी दिए । फागुन १३ गते राष्ट्रपतिको उमेदवारी मनोनयन हुँदैछ ।

त्यसअघि नेताहरुले भेटघाटलाई तीव्रता दिएका छन् । माओवादी संसदीय दलको कार्यालयमा उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077