Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पुरानो गठबन्धन ब्युँताउने हो भने जसपालाई उपराष्ट्रपति चाहिन्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पुरानो गठबन्धन ब्युँताउ जसपालाई उपराष्ट्रपति दिनुपर्ने बताएका छन् ।

बिहीबार दिउँसो सिंहदरबार पुगेका अध्यक्ष यादवले पुरानो गठबन्धन ब्युँताउने हो भने आफूहरूको बटमलाइन उपराष्ट्रपति भएको बताएका हुन् ।

जसपाले उपराष्ट्रपतिमा दाबी गर्नुका दुई स्वाभाविक कारण रहेको यादवले बताए।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सम्बन्धविच्छेद भइनसकेकाले राजनीति अझै तरल रहेको उनको दाबी छ ।

यादवले भने, ‘अहिले प्रचण्ड र ओलीबीच सम्बन्धविच्छेद भइसकेको छैन, झगडा मात्र परेको हो । अन्तिमसम्म मिल्न पनि सक्छन्।’

पुरानो गठबन्धन ब्युँताएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउँदा आफूहरूलाई कुनै समस्या नभएको यादवले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077