Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारी खर्च कटौती गर्ने पाकिस्तानी प्रधानमन्त्री शरिफको घोषणा

एजेन्सी । पाकिस्तानले सरकारी खर्च ठूलो मात्रामा घटाउन थालेको छ ।

अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेपछि प्रधानमन्त्री शाहबाज शरिफले पत्रकार सम्मेलनमार्फत सरकारी खर्चमा कटौती गर्ने घोषणा गरेका हुन् ।

उनले आफू र आफ्ना मन्त्रीहरू कसैले पनि तलब लगायत कुनै पनि सुविधा नलिने बताए । प्रधानमन्त्री शरिफले सबै केन्द्रीय मन्त्रीहरूलाई बिजुली, पानी, ग्यास र टेलिफोनको बिल आफ्नो निजी खर्चबाट तिर्नका लागि अपिलसमेत गरे ।

यस्तै उनले मन्त्रीहरूसँग रहेका विलासी गाडीहरूको लिलामी गर्ने, सर्वोच्च अदालत, उच्च अदालत र कर्मचारीतन्त्रमा पनि खर्च कटौतीका लागि अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077