Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नयाँ राजनीति मोडमा बहस : कांग्रेस र एमाले मिल्न दबाब

    नयाँ राजनीति मोडमा बहस : कांग्रेस र एमाले मिल्न दबाब

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 624
    SHARES

    काठमाडौं । नेपालको राजनीति अत्यधिक विकृत हुँदै गएपछि र लामो समयसम्म अस्थिर हुने सम्भावना देखिएपछि दुई प्रमुख दल नेपाली कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने दबाब दुवै दलका नेतालाई पर्न थालेको छ ।

    गत निर्वाचनमा पहिलो ठूलो दल बनेको कांग्रेस र दोस्रो ठूलो बनेको एमाले मिलेरै सरकार बनाउँदा अन्य साना दललाई चलखेल गर्ने ठाउँ बन्द हुने र राजनीति पनि विकृत नहुने भन्दै दुवै दल मिलेर सरकार बनाउन दबाब परेको हो ।



    राष्ट्रपतिको निर्वाचनमा पनि दुवै दल मिल्न सके उपयुक्त हुन सक्ने सुझाव नेतालाई दिइएको छ । एमाले र कांग्रेस मिलेर राजनीतिलाई सही ढंगले हेन्डलिङ गर्नुपर्ने भन्दै नयाँ मोड’दयगत दुवै दलभित्र बहस सुरु भएको हो । दुवै दल जनआन्दोलन १ र २ तथा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्दाका समेत सहयात्री हुन् ।



    विशेषगरी कांग्रेस र एमालेमा रहेका इमानदार र पुराना नेताले अहिलेको राजनीति अत्यधिक विकृत बनेको र अनावश्यक चलखेल बढेको भन्दै त्यसलाई रोक्न पनि एमाले र कांग्रेस मिल्नुको विकल्प नभएको भन्दै नेतृत्वलाई सम्झाउन थालेको स्रोतले जानकारी दिएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार