Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बार्सिलोनालाई हराउँदै युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

एजेन्सी । म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । बार्सिलोनालाई बिहीबार २–१ ले पराजित गर्दै युनाइटेड अन्तिम १६ मा प्रवेश गरेको हो । हारसँगै बार्सिलोना भने प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यसमा एन्टोनीले निर्णायक गोल गरे र दुई लेगमा युनाइटेड समग्रमा ४–३ ले अगाडि रह्यो । ओल्ड ट्रायफोर्डमा भएको खेलमा रोबर्ट लेवनडोस्कीको गोलले बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो ।

तर स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको खेल त्यसपछि राम्रो हुन सकेन र फ्रेडले युनाइटेडका लागि बराबरी गोल गरे । एन्टोनीले ७३ औं मिनेटमा निर्णायक सावित गोल गरेका हुन् ।

नु क्याम्पमा भएको पहिलो लेगको खेल २–२ को बरबरीमा समाप्त भएको थियो । यो जितपछि एरिक हेन टागेको युनाइटेडको यो सिजन चार उपाधि जित्ने सम्भावना कायम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077