Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चार दलको बैठकमा कांग्रेस नेता निधिको प्रवेश

काठमाडौं । बालुवाटारमा चार दलको बैठक जारी रहेका बेला कांग्रेस नेता विमलेन्द्र निधिको इन्ट्री भएको छ ।

बिहान करीब ९ बजेदेखि बसिरहेको  नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र एकीकृत समाजवादीको बैठकमा निधि पनि मिसिएका छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु रहेका छन् ।

राष्ट्रपति निर्वाचन र यी दलबाट सहमतिमै उम्मेदवार तय गर्नेलगायत विषयमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले बतायो ।

संसदमा सबैभन्दा ठूलो दल आफूहरू भएकोले राष्ट्रपति पाउनुपर्ने अडान नेपाली कांग्रेसका नेताहरूको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077