Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सांसद खतिवडा भन्छन्- सरकार १ हजारमा बनेको पासपोर्ट २० हजार रुपैयाँमा बेच्दै छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पासपोर्ट वितरणलाई सहज र सर्वसुलभ बनाउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले पासपोर्ट लिन र राष्ट्रिय परिचयपत्र बनाउनका लागि रातिदेखि सडकमा लाइन बस्नुपर्ने, लाखौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरे ।

‘हामीले वितरण गरिरहेको पासपोर्ट करिब १४०० मा बन्ने रहेछ । तर त्यही पासपोर्ट सरकारले एउटा गरिब किसानको छोरालाई २० हजार रुपैयाँसम्म लिएर बेचिरहेको छ,’ सांसद खतिवडाले भने, ‘राज्यले नै गरिब जनतालाई ठगेर यति धेरै पैसा कमाउने नीति कहिले अन्त्य गर्ने ?’

उनले आफूले रातो पासपोर्ट लिएको बताउँदै पासपोर्ट लिँदा कुनै शुल्क तिर्न नपरेको देख्दा २० हजार रुपैयाँ तिरेर पासपोर्ट लिइरहेका जनताका छोराछारीलाई सम्झिँदा निकै दुःख लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077