Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हावाको उच्च गतिका कारण काठमाडौंमा जहाज बस्न सकेन, आकाशमा घुमेको घुम्यै

काठमाडौं । त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेर दुई वटा अन्तर्राष्ट्रिय विमान ओभरसुट गरेको छ।

दोहाबाट आएको कतार एयरवेज र मलेसियाबाट आएको मालिन्दो एयरको विमान अवतरण गर्न नसकेको हो।

विमान आएकै दिशाबाट हावाको चाप तीब्र भएका कारण विमान अवतरण गर्न नसकेर ओभरसुट गर्नुपरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका अनुसार अवतरण हुन नसकेपछि दुवै विमान अहिले आकाशमै फन्को मारिरहेका छन्।

हावाको चाप सामान्य भएपछि ती विमान अवतरण गराइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077