Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाँचथरमा आगलागीबाट जलेर दुई बालकको मृत्यु

पाँचथर । आगलागीमा परेर पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारपामा दुई बालकको मृत्यु भएको छ ।

प्रेम पन्थाकको घरमा आगलागी हुँदा हिलिहाङ-५ का श्रण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम-५ का सन्तोष खातीको ४ वर्षीय छोरा निशान खातीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार शुक्रबार अपराह्न घरमा आगलागी भएको थियो । परिवारका सदस्य काममा गएका बेला घरमा आगलागी भएको बताइएको छ । आगोले घर जलेर पूर्ण रुपमा क्षति भएको छ ।

उनीहरुको शव घरको माथिल्लो तलामा जलेर चिन्नै नसक्ने अवस्थामा भेटिएको पाँचथर प्रहरीले जनाएको छ । खरले छाएको घरमा आगलागी भएको थियो । यद्यपि आगो के कसरी लाग्यो भन्ने खुलेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077