Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई सबैको सहयोग रहन्छ : सिटौला

काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको विजय सुनिश्चित रहेको बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि उनले सो दाबी गरेका हुन्।

उनले आफ्नो पनि राष्ट्रपतिको उम्मेदवारको रूपमा नाम आउनु स्वाभाविकै भए पनि अन्तिममा पार्टीले पौडेललाई बनाउने निर्णय गरेको बताए ।

राष्ट्रपति निर्वाचनका विषयमा शुक्रबार बसेको सत्ता साझेदार नेकपा माओवादी केन्द्रसहित ८ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई जिताउने निर्णय गरेको छ। यो सँगै वर्तमान सत्ता गठबन्धन भने टुट्ने अवस्थामा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077