Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लिग -२ खेल्न नेपाली क्रिकेट टोली युएई प्रस्थान

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग -२ अन्तर्गत आफ्नो आठौं शृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली युएई प्रस्थान गरेको छ ।

विश्वकप लिग-२ अन्तरगत घरेलु टिम यूएइ र पपुवा न्यूगिनीविरुद्ध ४ म्याच खेल्न नेपाली टिम हिँडेको हो ।

यही फागुन १५ देखि २१ गतेसम्म हुने लिग -२ शृंखलामा नेपालले घरेलु टोली युएईसहित पपुवा न्यूगिनीसँग खेल्नेछ । हरेक टिमले एक आपसमा दुई-दुई खेल खेल्नेछन् ।

लिग -२ को शीर्ष तीनमा रहेर सिधै वान डे विश्वकपको क्वालिफायरमा पुग्ने होडमा रहेका नेपाल र युएईका लागि यो शृंखला महत्वपूर्ण छ ।

युएईमा खेलेपछि यी तीन टोलीले काठमाडौं आएर लिग टु को अन्तिम शृंखला खेल्नेछ । युएईमा हुने शृंखलाका लागि रोहित पौडैलको कप्तानीमा १५ सदस्यीय टोलीमा प्रतिश जिसी र श्याम (मौसम) ढकाल नयाँ अनुहारको रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077