Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुन्छन् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुने दाबी गरेका छन् ।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ८ दलको समर्थन रहेकाले पौडेल राष्ट्रपतिमा निर्वाचित हुने बताएका हुन् ।

उनले भने, ‘हामीले आज मात्रै नेपाली काँग्रेसका वरिष्ठ नेता, प्रतिनिधिसभा सदस्य माननीय रामचन्द्र पौडेलजीलाई राष्ट्रपतिका लागि हामीले प्रस्तावित गरेका छौं । अब उहाँ अवश्य पनि विजयी हुनुहुनेछ भन्ने हामी सबै आशा गरिरहेका छौं।’

अध्यक्ष नेपालले जुनसुकै ओहोदामा पुगेका व्यक्तिहरुले पनि आफ्नो मर्यादाको सम्मान गर्दै राष्ट्र र जनताको हित चिताएर अघि बढनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077