Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • लामो समयपछि काठमाडौंमा हिउँदे वर्षा

    लामो समयपछि काठमाडौंमा हिउँदे वर्षा

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 600
    SHARES

    काठमाडौं । आइतबार काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा भएको छ। काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा हो।

    अहिले साँखुलगायत क्षेत्रमा पानी पर्न सुरू भएको छ। साँझसम्म काठमाडौंका अरू ठाउँमा पनि छिटफुट वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बतायो ।



    पश्चिमी वायुको प्रभावका कारण आइतबार देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ। पोखरा, लमजुङ, गोरखालगायत क्षेत्र हल्का वर्षा भएको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



    आज राति प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। लामो समयसम्म काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा वर्षा भएको थिएन । हिँउदो समयमा समेत वर्षा नहुँदा किसान मर्कामा परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार