Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • तराईका जिल्लामा अबका ५ दिन लुको सम्भावना, सतर्कता अपनाउन आग्रह

    तराईका जिल्लामा अबका ५ दिन लुको सम्भावना, सतर्कता अपनाउन आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 2K
    SHARES

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मध्य तराईका जिल्लाहरुमा लु अथवा तातो हावा चल्ने जनाएको छ ।

    तराईका जिल्लाहरुमा तापक्रम अत्यधिक बढेकाले लुको खतरा बढेको भन्दै महाशाखाले सतर्कता अपनाउन सुझाव समेत दिएको छ ।



    विभागकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार मध्य तराईका जिल्लामा ५ दिनसम्म  लु चल्ने खतरा छ ।



    उच्च गर्मी हुँदा लु लाग्ने सम्भावना बढी हुने हुँदा यस्तो सकेसम्म घर बाहिर ननिस्किने र वृद्धवृद्धा, बालबालिका, गर्भवती तथा दीर्घ रोगीहरुलाई विशेष ख्याल गर्न मानन्धरले सुझाव दिएकी छन् ।

    पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेकाले मनसुन नभित्रिएसम्म अर्थात असारको पहिलो सातासम्‍म तापक्रम केही दिन बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार