Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्छ, राष्ट्रपतिमा मरिहत्ते गरिनँ : माधव नेपाल

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन् ।

प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनुषाको लालगढ पुुगेका अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले भने, ‘सरकार पुनर्गठनबारे छलफल भएको छैन् । तर एमालेलाई किन सरकारबाट निकाल्ने ? एमालेसहितका राष्ट्रिय सरकार बन्नुपर्छ ।’

अध्यक्ष नेपालले आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने दाबी गरे। राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारको प्रस्ताव भएकाले त्यसबाट पछि हट्न आफूहरूलाई नैतिकताले नदिने उनले बताए।

उनले कांग्रेस र माओवादीलाई धोका दिन नचाहेरै राष्ट्रपति एमालेको प्रस्तावमा बन्न अस्वीकार गरेको बताए । अध्यक्ष नेपालले राष्ट्रपति चयन गर्नुपर्ने विषयमा विदेशी चलखेल नभएको दाबी गरे । राष्ट्रिय हितको लागि पुरानो गठबन्धन ब्यूँतिएको र कांग्रेस राष्ट्रपति दिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077