Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दै, के छन् एजेण्डा ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिकतर्फबाट २०७९ सालको प्रतिनिधिसभामा निर्वाचित सदस्य एवं बञ्चितिकरणमा परेका समुदायको सशक्तिकरणमा नेतृत्वदायी भूमिका निभाएका शहनाज रहमानको २०७९ फागुन १३ गते हृदयघातको कारण भक्तपुर जिल्ला अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएकोमा निधनप्रति शोकप्रकट गर्दै शोकप्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077