Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रीको कार्यकालमा हेलिकप्टर नचढ्ने नीति छ, ऋणमा हेलीकप्टर चार्टर नगर्नू : मन्त्री किराती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले राष्ट्रिय विपति र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलीकप्टर नचढ्ने नीति लिएको बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत ऋणमा हेलिकप्टर नचढ्न आग्रह गर्दै उनले आखिरी कोही मन्त्री तपाईको गाउँमा आउँदैमा तपाईको खोला खोल्सीहरूमा दुध बग्दैन माटोमा सुन फल्दैन भन्दै टिप्पणी गरेका हुन् ।

साथै उनले घाँटी हेरेर हाड निलौ भन्दै सामाजिक देखासिखि र विलासिता अन्त्य गर्न आग्रह समेत गरे ।

उनले लेखेका छन् 'राष्ट्रिय विपति र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलीकप्टर नचढ्ने नीति लिएकाछौं ।
देशको बिभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागी जनताले आफै हेलीकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा गएका छैनौं ।

त्यसको लागी तपाईहरुसंग क्षमा चाहान्छु । ऋणमा हेलीकप्टर चार्टर नगर्नु हुन सबैलाई अनुरोध छ । आखिरी कोही मन्त्री तपाईको गाउँमा आउँदैमा तपाईको खोला खोल्सीहरुमा दुध बग्दैन माटोमा सुन फल्दैन । घाँटी हेरेर हाड निलौ सामाजिक देखासिखि र विलासिता अन्त्य गरौ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077