Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पीएनजीविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं । यूएईमा आज सोमबारबाट सुरु हुने विश्वकप लिग टू को यूएई त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले बलिङ गर्दैछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ रोजेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलमा नेपालबाट तीब्र गतिका बलर प्रतिश जिसील डेब्यू गर्नेछन् । उनी नेपालबाट ओडीआई डेब्यू गर्ने ३७औं खेलाडी हुन् ।

मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ ।

प्लेइङ ११ः
रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, कुशल मल्ल, गुलसन झा, आरिफ शेख र प्रतिश जिसी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077