Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा अहिले बिहान ११ बजे बाेलाइएकाे बैठक सुरु भएकाे हाे।

आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्ने बारेमा पनि छलफल हुने सम्भावना छ।

साथै, बैठकमा राष्ट्रपति निर्वाचन र चितवन–२ मा हुने उपनिर्वाचनको तयारीका विषयमा छलफल हुने पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

पार्टी सभापति रवि लामिछानेको नागरिकता विवादका कारण सांसद पद गुमेपछि चितवन २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनमा पुनः लामिछानेले नै उम्मेदवारी दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077