Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्च अदालतले भन्यो-सन्दीपको मुद्दा फास्ट ट्र्याकबाट सुनुवाई गर्नू

काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछानेको मुद्दालाई छिटो किनारा लगाउन जिल्ला अदालत काठमाडौंलाई आदेश दिएको छ ।

उच्च अदालत ललितपुरको फैसलामाथि सरकारले गरेको पुनरावेदनमा आज फैसला सुनाउँदै सर्वोच्चले सो आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालले गरेको फैसलामा यो मुद्दा जबरजस्ती करणीको भएको र सन्दीप एक राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी भएकाले सबैको चासो रहेको हुँदा छिटो किनारा लगाउनुपर्ने उल्लेख छ ।

साथै सर्वोच्चले बन्द इजलासमा सुनवाइ भएकाले आदेशको प्रतिलिपी जाहेरबाला, प्रतिवादी र वकिलहरुबाहेक अरुलाई उपलब्ध नगराउन तथा सामाजिक सञ्जालमा नराख्न पनि आदेश दिएको छ ।

खेलाडीको क्रिकेट जीवनलाई समेत मध्यनजर गर्दै लगातार हेयरिङमा राखेर मुद्दाको छिटो फैसला गर्न सर्वोच्चले भनेको छ। योसँगै अब काठमाडौं जिल्ला अदालतले सन्दीपको मुद्दा छिटो फैसला गर्नुपर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077