Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

टर्कीमा पुनः ५.६ म्याग्निच्युडको भूकम्प, एक जनाको मृत्यु

एजेन्सी । पूर्वी टर्कीमा सोमबार आएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी एकजनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् ।

तीन हप्ताअघि आएको विनाशकारी भूकम्पमा परी ४४ हजारभन्दा बढी मानिसको ज्यान गएको टर्कीले शोकबाट नबौरिदै फेरि अर्को धक्का ब्यहोरेको छ ।

भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिल्युर्ट जिल्लामा रहेको थियो जहाँ यसअघि नै फेब्रुअरी ६ मा शक्तिशाली भूकम्प गएको थियो ।

यसअघिको भूकम्पबाट क्षतिग्रस्त भएका २५ वटा भवन सोमबारको भूकम्पले ध्वस्त भएको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077