Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तमाखु सल्काएर खाने क्रममा आगलागी हुँदा गुमानेको मृत्यु

रोल्पा । रोल्पामा घर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

सुनिलस्मृति गाउँपालिका वडा नम्बर ८ का ५० वर्षीय गुमाने घर्ती मगरको मृत्यु भएको हो ।

स्थानीय भूपनारायण घर्तीको ढोका नभएको, मानिस बसोबास नगर्ने खाली घरमा गुमाने घर्तीले तमाखु सल्काएर खाने क्रममा आगलागी भएको थियो ।

सोही आगलागीमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077