Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु

महोत्तरी । महोत्तरीको बलवा नगरपालिका–१० मा गए राति मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारत विहार राज्यको मधुबनी जिल्लाको साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय प्रेमलाल महतो रहेका छन् ।

बलवा –१० को धमौराबाट बनौटा जाँदै गरेको प्र २–०२–००२प ३३७२ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका महतोलाई ठक्कर दिएको थियो।

उपचारार्थ बर्दिबासस्थित ट्रमा सेन्टरमा लगिएकामा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो।

मोटरसाइकल चालक २२ वर्षीय कृष्ण चौधरीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077