Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनसरीबाट साढे दुई क्‍वीन्टल गाँजा बरामद

विराटनगर । सशस्त्र प्रहरीले सुनसरीको हरिनगर गाउँपालिका ५ स्थित नरकटियाबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

हरिनगरको भुटाहा–घुस्की सडकखण्डबाट सशस्त्रले १२ बोरा प्रतिबन्धित लागुऔषध बरामद गरेको हो ।

बरामद गाँजा २५८ किलोग्राम रहेको सशस्त्र प्रहरीको वसन्तपुर बीओपीको टोलीले बरामद गरेको हो । सशस्त्र प्रहरीले सोमबार राति करिब १० बजेतिर गाँजा बरामद गरेको थियो ।

भुटाहाबाट घुस्कीतर्फ जाँदै गरेको ‘बिआर १ एके ७१००’ नम्बरको भारतीय स्कोरपियोलाई चेकजाँच गर्दा सशस्त्रले गाँजा बरामद गरेको हो ।

प्रहरीले गाडी रोकेर चेकजाँच गर्न खोज्दा चालक भने गाडी नरोकी भाग्ने प्रयास गर्दा गाडीको पिछा गर्ने क्रममा खेतको छेउमा गाडी र गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्रले बरामद गरिएको गाँजा भने प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई बुझाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077