काठमाडौं । नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ ।
बुधबार बसेको पार्टीको ५१ औं केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा पौडेललाई मत दिने निर्णय गरेको हो ।
बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता पौडेललाई मतदान गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ ।
समाजवादीले यसअघि नै फागुन १३ गते भएको मनोनयनका क्रममा राष्ट्रपतिमा पौडेललाई समर्थन गरिसकेको छ। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ ।