Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलको निर्देशन - सीमामा हुने अवैध गतिविधि नियन्त्रण गर्नू

काठमाडौं । निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सीमामा हुने अवैध गतिविधि, चोरीतस्करी निकासी नियन्त्रणमा गम्भिर भएर लाग्न निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा फागुन १७ गते निर्देशन सम्बोधन कार्यक्रममा उनले यस्तो निदेर्शन दिएका हुन् ।

सशस्त्र प्रहरी बल नेपालका बाहिनी, राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा शिक्षालयहरुमा प्रमुखको रुपमा जिम्मेवारी पाएका सशस्त्र प्रहरी नायव महानिरीक्षक र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई संगठनको लक्ष्य र उद्देश्य अनुरुप कार्य गर्न उनले निर्देशन दिए ।

साथै उनले आर्थिक पारदर्शीतामा शुन्य सहनशिलताको नीति अवलम्वन गरी मानवअधिकारको पूर्ण पालना गर्दै कर्तव्य निर्वाहमा कटिवद्ध रहन निर्देशनसमेत दिए । नेतृत्वमा रहँदा आफु मातहतका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत जिम्मेवारीबोधका साथ कार्य गर्न प्रेरित गर्नुपर्ने उल्लेख गर्दै उनले संगठनको लक्ष्य, उद्देश्य र योजनामा रहेर उच्च स्तरको जिम्मेवारी बोधकासाथ कार्य गर्न निर्देशन दिए ।

अतिरिक्त महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका इकाईहरुको आधारभूत आवश्यकताको व्यवस्थापनलाई तीब्रता दिनुपर्ने उल्लेख गर्दै बडी मास इन्डेक्स (बिएमआई) का आधारमा स्वास्थ्य वर्गीकरण सम्बन्धी कार्यविधि, २०७९ अनुसारको मापदण्डलाई प्राथमिकताकासाथ लागू गर्नुपर्नेमा समेत जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077