Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ड्युटीमै बेहोस भएका प्रहरी सहायक हवल्दारको उपचारका क्रममा मृत्यु

बैतडी । बैतडीमा ड्युटीको क्रममा बेहोस भएका प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

बुधबार बैतडीको मेलौली नगरपालिका–२ सलेना अस्थायी प्रहरी चौकीमा कार्यरत कैलालीको कैलारी गाउँपालिका–७ बस्ने ३२ वर्षीय प्रहरी सहायक हल्वदार नविन चौधरीको मृत्यु भएको हो ।

अपराह्न साढे ५ बजेतिर ड्युटीमै बेहोस भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । मृतक सहायक हल्वदारको घर कैलालीको कैलारी गाउँपालिका –७ हो ।

अपराह्न साढे ५ बजेतिर ड्युटीमै बेहोस भएका उनको उपचारका लागि स्वास्थ्य चौकीमा पुर्‍याइएको थियो ।

स्वास्थ्य चौकीमा उपचारको क्रममा साँझ ७ बजेतिर डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077