काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज घरेलु टोली युएईसँग खेल्दैछ । खेल दुबईमा बिहान पौने १२ बजेदेखि सुरु हुनेछ ।
यो श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । आजको खेलमा नेपालले युएईलाई हराउन सकेमा आफ्नो एकदिवसीय क्रिकेट इतिहासमा लगातार छैटौँ जितको कीर्तिमान बन्नेछ ।
लिग टु को शीर्ष तीनमा रहँदै आगामी जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको नेपाललाई यूएईविरुद्धको खेल पनि जित्नैपर्ने छ ।
नेपालले अर्को खेलमा भोलि पपुवा न्यूगिनी र आइतवार युएईसँग खेल्नेछ ।