काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जसअनुसार बिहीबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै, गण्डकी प्रदेशका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाखाले जनाएको छ ।
बिहीबार दिउँसो भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।