Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णालीमा राप्रपाले लियो समर्थन फिर्ता

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बिहीबार राप्रपाबाट कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाहीले प्रदेश प्रमुख तिलक परियार समक्ष कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको निवेदन पेश गर्दै समर्थन फिर्ता लिएको हो ।

केन्द्रीय समिकरणमा आएको फेरबदलका कारण कर्णालीमा राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको शाहीले जानकारी दिएकी छन् ।

समानुपातिकमा जम्मा १ सिट भएको राप्रपाले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077