Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।

यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दोस्रो सफलता हात पारेको हो । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिए ।

युएईका लागि ३८ बलमा १ चौकासहित १८ रन बनाएर खेलिरहेका वृत्य अर्विन्दलाई लामिछानेले कुशल भुर्तेलको हातबाट क्याच आउट गरे ।

यसअघि पहिलो ओभरमै करण केसीले सफलता दिलाएका थिए। केसीले मोहम्मद वासिमलाई शुन्य रनमा बोल्ड गरे। पहिलो ओभरमा करणले मेडन ओभर फाल्दै १ विकेट लिएका थिए।

अहिले युएईले २ विकेट गुमाएर १५ ओभरमा ६० रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077