Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मन्त्री श्रेष्ठ र भारतीय राजदूतद्धारा कमलविनायक-नगरकोट सडक अनुगमन

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कमलविनायक–नगरकोट सडकको अनुगमन गरेका छन् ।

बिहीबार बिहान मन्त्री श्रेष्ठ र भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त सडकको निरीक्षण गरेका हुन् ।

यो सडक आयोजनामा भारतीय एक्जिम बैंकको आर्थिक सहयोग रहेकाले स्थलगत अनुगमन टोलीमा राजदूत श्रीवास्तव पनि सहभागी भएका हुन् ।

कमलविनायक–नगरकोट सडकखण्ड शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको छ । सैलुङ कन्स्ट्रक्सन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटीका रूपमा परिचित शारदाप्रसाद अधिकारीको हो ।

पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नहुँदा जनताले वर्षौंदेखि सास्ती खेपिरहेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले स्पष्टीकरण माग्दा निर्माण कम्पनीले आगामी चैत मसान्तसम्म सबै काम सम्पन्न गर्ने बाचा गरेको थियो । त्यसैको प्रगतिबारे स्थलगत जानकारी लिन अनुगमन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077