Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसी विश्वकप लिग–२ : नेपाल यूएईसँग ६८ रनले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ६८ रनले पराजित भएको छ । २०८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३१ ओभर ५ बलमा १३९ रन जोड्दा अलआउट भएको हो ।

नेपालका लागि कुशल मल्लले ६२, सन्दीप लामिछानेले अविजित २६ र आशिफ शेखले १७ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन जोडेको थियो ।

मध्यम स्कोर खडा गर्ने क्रममा यूएईका लागि आसिफ खानले ७२, रोहन मुस्ताफाले ५१, आर्यन लाक्राले २८, क्याप्टेन रिजवानले २२ तथा व्रित्या अरविन्दले १८ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ३ तथा करण केसी, आरिफ शेख र कुशल मल्लले एकरएक विकेट लिए । यूएईका दुई ब्याट्सम्यान रनआउट भए । यो पराजयसँगै शीर्ष ३ मा पर्ने सम्भावना कायम राख्न नेपालले बाँकी ६ वटै खेल जित्नुपर्ने दबाब बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077