Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एलडीसी सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ आज दोहा जाँदै

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ आज कतारको दोहा जाँदै छन् ।

यही फागुन २१ देखि २५ गतेसम्म आयोजित अति कम विकसित मुलुकहरू (एलडिसी) को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

नेपालले यसवर्ष अति कम विकसित देशहरू (एलडिसी)को अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ । यसअघि मालवीले अध्यक्षता ग्रहण गरेको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, सांसद जीतेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारस्थित नेपाली राजदूतलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077