Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसी विश्वकप लिग–२ : आज पपुवा न्युगिनीसँग खेल्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनीसँग खेल्ने भएको छ ।

खेल बिहान पौने १२ बजे दुबईमा सुरु हुनेछ । यो शृङ्खलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो ।

पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । हिजोको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो ।

यो शृङ्खलामा नेपाल, यूएई र पपुवा न्युगिनी रहेका छन् । अर्को खेल सोमवार यूएईसँग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077