Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाललाई सन्दीपले दिलाए पहिलो सफलता

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ मा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध टस हारेर पहिलोफिल्डिङ गरिरहेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् ।

उनले ११ औं ओभरको पहिलो बलमा किप्लिन दोरिगालाई एलबीडब्लू आउट गराएका हुन् ।

पहिलो विकेटका लागि पपुवा न्यूगिनीका ब्याट्सम्यानहरुले गरेको ४२ रनको साझेदारी सन्दीपले तोडे ।

२६ रन बनाएर खेलिरहेका किप्लिन डोरिगालाई सन्दीपले एलबी डब्ल्यूको धरापमा पारेका छन् ।

नेपालका लागि करण केसीले ५ ओभरमा २ मेडन राख्दै ११ रन खर्चिए भने सोमपाल कामीले ५ ओभरमा २७ रन खर्चिए।

११ औं ओभरको समाप्तीमा पिएनजीले १ विकेट गुमाउँदै ४४ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077