Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पिएनजीविरूद्ध नेपालको चौथो सफलता, सोमपालले लिए विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले चौथो विकेट लिएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सोमपाल कामीले २२ औं ओभरको पाँचौं बलमा तेस्रो विकेट लिँदा २३ औं ओभरको अन्तिम बलमा कुशल मल्लले विकेट लिएका हुन् ।

सोमपालले २२ औं ओभरको पाँचौं बलमा टोनी उरालाई ३९ रनमा कट एण्ड बोल्ड आउट गराएका हुन् ।

त्यस्तै २३ औं ओभरको अन्तिम बलमा कुशलले असाड भालालाई ११ रनमा एलबीडब्लू आउट गराए ।

नेपालले पछिल्लो समय दबाब बढाउँदै लाँदा पीएनजीको टप अर्डर धर्मराएको छ। ताजा अवस्थामा पीएनजीले २३ ओभर खेल्दै ४ विकेटको क्षतिमा ९१ रन बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077