Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पीएनजीले नेपाललाई दियो १८० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्यु गिनीसँग जितको लागि नेपालले १ सय ८० रनको मध्यम लक्ष्य पाएको छ।

टस जितेपछि ब्याटिङमा आएको पपुवा न्यु गिनी शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ४९.२ ओभरमा १ सय ७९ रनमा अलआउट भयो ।

ओपनर टोनी उराले पपुवा न्यु गिनीबाट सर्वाधिक ३९ रन बनाए । उनले ५१ बल खेली २ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर किप्लन डोरिगाले २६ रन बनाए । सेसे बाउ र कप्तान असाद भाला समान ११ रनमा आउट भए ।

हिरी हिरीले ३१ रन बनाए । उनले ६३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । गौडी टिका १५, चाड सोपर र रिलेय हेकुरे समान ९ रनमा आउट भए । नोर्मन भानुआ १४ रनमा आउट भए ।

दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले २–२ विकेट लिए । दीपेन्द्रले १० ओभरमा १ मेडन राख्दै ३० र सोमपालले १० ओभरमा ३९ रन खर्चे । करण केसी, कुशल मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

लिग–२ मा नेपालले पपुवा न्यु गिनीविरुद्ध यसअघि भएका तीन खेल नै जितेको थियो । तीनै खेल दुबईमा भएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय जोगाउन नेपालले आफ्नो बाँकी रहेको ६ मध्येको चार खेल जित्नु पर्नेछ । नेपाल ३० खेलमा २८ अंकसहित साट राष्ट्र सहभागी प्रतियोगितामा छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077