Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाललाई पहिलो बलमै झट्का, कुशल भुर्तेल एलबी डब्ल्यु

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा पीएनजीविरुद्ध जवाफी ब्याटिङ गरेको नेपालले पहिलो बलमै १ विकेट गुमाएको छ।

नेपालले खाता नै नखोली १ विकेट गुमाएको हो। नेपालका कुशल भुर्तेल सेमो कामियाको बलमा एलबी डब्ल्यु धरापमा परेका हुन्।

यसअघि टस जितेर ब्याटिङ गरेको पीएजीले ४९ दशमलव २ ओभरमा पूरै विकेट गुमाएर १७९ रन बनाएको हो।

यस क्रममा पीएनजीका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन्। नेपालका दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले दुई विकेट लिएका थिए।

आइसिसी विश्वकप लिग२ त्रिकोणात्मक ओडीआई सिरिजका बाँकी खेलमा नेपाललाई शीर्ष ३ मा स्थान बनाउन सबै खेल जित्नैपर्ने दबाब छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077