काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले कमजोर प्रदर्शन जारी राखेको छ।
१ सय ८० रनको सामन्य लक्ष्य पछ्याएको नेपालले ६३ रनमा ५ विकेट गुमाइसकेको छ।
नेपालका कप्तान रोहित पौडेल ८ बलमा मात्र १ रन बनाएर आउट भए भने आरिफ शेख मात्र ३ बलमा १ रन बनाएर पेभेलियन फर्किए।
पहिलो बलमै झट्का खाएको नेपालको लगातार विकेट पतन भइरहेको छ। ज्ञानेन्द्र मल्ललाई ६ रनमै गुमाएको नेपालले भीम सार्कीलाई ८ रनमा गुमाएको थियो।
प्रतियोगितामा योसहित ६ खेल खेल्न बाँकी नेपाललाई शीर्ष ३ मा स्थान बनाउन सबै खेल जित्नैपर्ने दबाब छ ।